राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो ।

बलात्कारको आरोपमा सन्दीप पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।

पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ ९क्यान० ले हिजो शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com