रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरको जित

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरको जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले लगातार पाँचौ जित निकालेको छ । शुक्रबार राती भएको खेलमा रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल अहिल साउदीलाई पराजित गरेको हो । अल नासर ४-३ गोल अन्तरले विजयी भएको थियो ।

नासरका लागि कप्तान रोनाल्डो र टलिस्काले समान २/२ गोल गरेका थिए । त्यसै गरि अल अहिलका लागि फ्रान्सका, रियाद महरेज र फिरास अलव्रिकनले समान १/१ गोल गरेका थिए ।

यो जितसँगै अल नासर ७ खेलबाट १५ अंक सहित लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै, अल अहिल भने ७ खेलमा समान १५ अंक रहेपनि गोल अन्तरमा पछि रहेर छैटौं स्थानमा रहेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com