अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालले घरेलु मैदानमा खेल्ने त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

टियू क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड खेल्ने छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने छ । खेल फेबु्रअरी १४ मा हुने छ ।

यस्तै, नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेबु्रअरी १७ मा खेल्ने छ । नेपालले फेबु्रअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेबु्रअरी २१ मा पुनः खेल्ने छ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com