भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियालाई छैटौंपटक विश्वकप क्रिकेट उपाधि

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियालाई छैटौंपटक विश्वकप क्रिकेट उपाधि

काठमाडौं । आईसिसि एकदिवसीय विश्वकप क्रिकेट, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको हो ।

अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको थियो ।

४७ रनमा नै पहिलो तीन विकेट गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले विश्‍वकपको फाइनल खेलमा शतकीय पारी खेले । उनले १२० बलमा १३७ रन बनाए ।

यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।

त्यसअघि भारतका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए ।

साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ/नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई-दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com