दक्षिण अफ्रिका विश्वकपकाे फाइनलमा

दक्षिण अफ्रिका विश्वकपकाे फाइनलमा

केपटाउन । आयोजक दक्षिण अफ्रिका आठौं संस्करणको आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो । 

केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो । अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खेल्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई ५ रनले हराउँदै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com