स्पेनिस ला लिगा फुटबल : रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबल : रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । बिहीवार राति सम्पन्न खेलमा एलाभेसलाई १-० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । रियलले १८ खेलबाट ४५ अंक बनाएको छ । समान ४५ अंक रहेको जिरोना दोस्रो स्थानमा झरेको छ ।

जिरोनाले बिहीबार राति रियल बेटिससँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि रियलले जित निकाल्दा शीर्ष स्थान कब्जा गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५४ औं मिनेटमा १० खेलाडीमा झरेको थियो । रियलका नाचो रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

उनले खराब ट्याक्कल गरेपछि भारको सहायताले रातो कार्ड दिइएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयको दोस्रो मिनेटमा रियलले गोल गरेको थियो ।

रियलका लुकास भेजक्युजले गोल गरेका थिए । सोही गोल नै रियललाई ३ अंक दिलाउन पर्याप्त भयो । रियलसँग पराजित भएको एलाभेस १६ औं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत बिहीवार रातिकै अर्को खेलमा कार्डिज र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दा मालोर्काले ओसासुनालाई ३-२ ले स्तब्ध बनायो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com