
काठमाडौं । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहम्मद रिजवानले १५ रन बनाए ।
शादब खानले २० रन जोड्दा मोहम्मद हरिस ८ रन, मोहम्मद वासिम ४ रन, मोहम्मद नवाज ३ रन तथा इफ्तिखर अहमेद शून्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहँदा हरिस राउफले अविजित १ रन बनाए ।
इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । क्रिस जोर्डन र आदील राशिदले २र२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।
आज दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् । आज दुवै टिम जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ ।