टी-२० विश्वकप : अफ्रिका रिजन छनोटमा जिम्बाबे पराजित

टी-२० विश्वकप : अफ्रिका रिजन छनोटमा जिम्बाबे पराजित

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको अफ्रिका रिजन छनोटको पहिलो दिन बुधबार ३ वटा खेल सम्पन्न भएका छन् । नामिबियामा सुरु भएको टी-२० विश्वकप अफ्रिका छनोट क्षेत्रीय फाइनलको पहिलो दिन केन्याले रुवाण्डालाई १७ रनले, युगान्डाले तान्जानियालाई ८ विकेटले र नामिबियाले जिम्बाब्वेलाई ७ विकेटले पराजित गरेका छन् । तीनवटै खेल विन्डहोकमा खेलिएका थिए ।

पहिलो खेलमा केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५४ रन बनाएको थियो । जवाफमा रुवाण्डाले पुरै ओभर खेल्दा पनि ४ विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो । ब्याटिङका क्रममा ४३ बलमा अविजित ६३ रन बनाएर मैदानमा दुई क्याच लिएर केन्याका इरफान करिम प्लेयर अफ द म्याच घोषित भए ।

तान्जानियाविरुद्धको दोस्रो खेलमा युगान्डा २८ बल बाँकी रहँदै ८ विकेटले विजयी भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन बनात्र बनायो। जवाफमा युगान्डाले १५.२ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

युगान्डाका रियाजत अली शाहले अलराउन्ड प्रदर्शनका लागि खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए ।

यस्तै, तेस्रो खेलमा नामिबियाले जिम्बाब्वेलाई ३२ बल बाँकी रहँदा ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पहिले खेलेको जिम्बाब्वेले क्रेग इर्विनको ३६ रनको सहयोगमा २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । जवाफमा नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर जित हात पारेको थियो । नामिबियाका निकोलस डेभिनले ४५ बलमा ८९ रन बनाएका खेलको प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत आज २ वटा खेल हुने छन् । प्रतियोगिताको चौथो खेल केन्या र नाइजेरियाबीच हुनेछ । पाँचौं खेल तान्जानिया र जिम्बाब्वेबीच हुनेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com