तेक्वान्दो खेलाडी पलेसा र प्रशिक्षक लामा सम्मानित

तेक्वान्दो खेलाडी पलेसा र प्रशिक्षक लामा सम्मानित

नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेसा गोबर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई नेपाल तेक्वान्दो संघले नगदसहित मंगलबार सम्मान गरेको छ ।

पलेसालाई नगद ५० हजार रुपैयाा तथा लामालाई १० हजार रुपैयाँ नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरियो । पलेसाले पाराओम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् ।

अन्तर्राष्ट्रिय लेभल- २ पारा प्रशिक्षक लामाले सन् २०१६ देखि पलेसालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए । पारा ओलम्पिकको प्रदर्शनपछि पलेसा पारा तेक्वान्दो खेलाडीको विश्व वरीयामा पाँचौँ स्थानमा उक्लिएकी छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
| Ph: +977 982-3010477 | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | प्रधान सम्पादकः शर्मिला घिमिरे | सूचना विभाग दर्ता नं. ००० |
Daily News Nepal
www.dailynewsnepal.com