नेपाल भलिबल सङ्घको वार्षिक कार्यक्रम सार्वजनिक

नेपाल भलिबल सङ्घको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल भलिबल सङ्घ (एनभीए) ले २०७९/८० सालको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

सङ्घले आज एक विज्ञप्ति निकाल्दै सङ्घले आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीले सहभागिता जनाउने प्रतियोगिता समेटेर कार्यक्रम सावर्जनिक गरेको हो ।

नयाँ कार्यसमिति आएपछि सङ्घले पहिलो पटक वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । गत भदौ २३ गते भएको चुनावी साधारण सभाबाट जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा सङ्घको नयाँ कार्यसमिति चयन भएको थियो ।

सङ्घले सार्वजनिक गरेको कार्यक्रम अनुसार सातौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि माघ २ गरेसम्म आयोजना हुनेछ ।

यस्तै नेपाल सुपर लिग महिला तथा पुरुष भलिबल फागुनमा हुनेछ भने सातौं एनभीए महिला तथा पुरुष क्लब लिग जेष्ठ ८ देखि १८ सम्म हुनेछ । त्यस्तै १५ वर्ष मुनिको महिला तथा पुरुष प्रतियोगिता लगायत मैत्रीपूर्ण खेलहरू कार्यक्रममा समावेश गरिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com