प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको प्रतिमा अनावरण

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको प्रतिमा अनावरण
googel

नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ । जोशीले नयाँदिल्लीमा भएको प्रथम एसियाली खेलकुद - १९५१ मा भाग लिएका थिए ।

नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा ओलम्पिक कमिटीको प्रेक्षालयमा मंगलबार आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष एवम् सांसद जीवनराम श्रेष्ठले प्रतिमा अनावरण गरे । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्षद्वय चतुरानन्द राज वैद्य, ज्योती राणा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको उपस्थितिमा प्रतिमा अनावरण गर्दै श्रेष्ठले गजराज जोशीका विभिन्न आयामबारे चर्चा गरेका थिए ।

श्रेष्ठले स्व. जोशीलाई आफूले एक खेलाडीको रुपमामात्र स्मरण गरेकोमा आज आएर उनको बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । उनले आउँदो पिँढीको लागि स्व. जोशीको योगदानबाट प्रेरणा मिल्ने बताए ।

ओलम्पिक संग्रहालयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेलकर्मी र विभिन्न खेलाडीहरुको प्रतिमा स्थापना गर्ने लक्ष्य रहे पनि स्व. गजराज जोशीको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको ओलम्पिक संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए ।

उक्त अवसरमा गजराज जोशीका पुत्र, नेपाल फुटभली संघका अध्यक्ष एवम् भेट्रान एथ्लेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com