यू–१५ महिला च्याम्पियनसिपको विजेता टोली आजर स्वदेश फर्किदैँ

यू–१५ महिला च्याम्पियनसिपको विजेता टोली आजर स्वदेश फर्किदैँ

काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि विजेता नेपाली टोली आज शनिबार स्वदेश फर्कने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली शनिबार साँझ स्वदेश फर्कने जनाएको छ ।

हिमालयन एयरलाइन्सबाट नेपाली टोली साँझ ५ः४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।

नेपालले अपराजित रहदै उपाधि जितेको थियो । ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १(१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा नेपालले ४ खेलमा १० अंक जोडेको थियो । बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । भुटान अंक विहीन रहदै घर फर्कियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com