इङ्ग्लिस प्रिमियर लिगमा आज आठ खेलहरु हुँदै

इङ्ग्लिस प्रिमियर लिगमा आज आठ खेलहरु हुँदै

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज शनिवार आठ वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ६ बजे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ ।

ब्रेन्टफोर्ड अङ्क तालिकामा ११ औँ स्थानमा छ । यस्तै, शीर्ष स्थानको आर्सनल र १९औँ स्थानमा रहेको उल्भ्स आज राति साढे १ बजे खेल्दैछन् ।

आज हुने अरु खेलमा लिभरपुल र साउथह्याम्पटन, एभर्टन र बर्नमाउथ, टोटेनह्याम र लिड्स, लेस्टर र वेस्ट ह्याम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट खेल्दैछन् । यी खेल राति पौने ९ बजे सुरु हुनेछन् । त्यस्तै चेल्सी र न्युक्यासलबीचको खेल राति सवा ११ बजे सुरु हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com