
काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३-१ को सेटमा हराउँदै एपीएफले अपराजित रहँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
राउण्ड रोबिनको अन्तिम खेलमा एपीएफले आर्मीविरुद्ध पहिलो सेट २५–१७ ले जितेको थियो भने दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । त्यसपछिको तेस्रो र चौथो सेटमा एपीएफले २५–१६ र २५–१५ ले जित्न सफल भयो ।