आज नेपाल र जोर्डन भिड्दै

आज नेपाल र जोर्डन भिड्दै

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार आयोजक जोर्डनसँग खेल्दैछ । नेपाल र आयोजक जोर्डनबीचको खेल प्रिन्स मोहमद स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ भने जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । समूह ‘एच’ मा रहेको नेपालले पहिलो खेलमा इरानसँग १–० को हार व्यहोरेको थियो । यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com