आज नेपालले रुसको सामना गर्दैछ

आज नेपालले रुसको सामना गर्दैछ

काठमाडौँ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज युरोपियन टोली रुसको सामना गर्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले युरोपियन टोली रसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र रसियाबीचको खेल नेपाली समय अनुसार राति ७ बजे सुरु हुनेछ ।

नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमै भारतसँग ४-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५-० ले हराएको थियो ।

पहिलो पटक दक्षिण एसियामा खेलिरहेको रुसले भने पहिलो खेलमै बङ्गलादेशलाई ८-१ ले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा भुटानलाई ९-१ ले हराएको थियो । त्यसले पनि नेपालका लागि रुस ठूलो प्रतिद्वन्द्वी रहेको छ ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । नेपालले चौंथो खेलमा मङ्गलवार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com