आज नेपाल र यमनबीच प्रतिस्पर्धा हुदैँ, खेल साँझ ७ बजेबाट सुरु हुने

आज नेपाल र यमनबीच प्रतिस्पर्धा हुदैँ, खेल साँझ ७ बजेबाट सुरु हुने

काठमाडौं । आज नेपाल र यमनका बिचमा फुटबल प्रतिस्पर्धा हुदैँछ । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  

 अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजे देखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ । 

 प्रायः खेल दिउँसो २ बजे वा साँझ ५ बजे हुने भनिए पनि आजको खेल भने साँझ ७ बजे राखिएको हो । 

 सबै दर्शकले हेर्न सकुन भनेर साँझ ७ बजे खेल सुरु गर्न लागिएको टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले जानकारी दिएका छन । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com