प्रिमियर लिगमा टोटनह्याम विजयी

प्रिमियर लिगमा टोटनह्याम विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ । शुक्रबार राति भएको खेलमा टोटनह्यामले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जितपछि टोटनह्याम ३३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहँदा नटिङघम भने १४ अंकका साथ तालिकाको १६ औं स्थानमा छ । टोटनह्यामलाई जित दिलाउँदा रिचार्लिसन र डेजन कुलसेभस्कीले एक एक गोल गरेका थिए ।

पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनह्यमलाई सुरुआती अग्रता दिलाए । ६५ औं मिनेटमा कुलसेभस्कीले गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि टोटनह्याम २-० को जित निकाल्दै स्पष्ट ३ अंक लिन सफल भयो ।

प्रिमियर लिग अन्तर्गत शनिबार आज ५ वटा खेल हुने छन् । राति पौने ९ बजे ४ खेल हुँदा सवा ११ बजे एक खेल हुने छ । बर्नमाउथ र लुटन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र फुलह्याम पौने ९ बजे आमने सामने हुने छन् । त्यसैगरी सवा ११ बजेको खेलमा बर्नले र एभर्टनले प्रतिस्पर्धा गर्ने छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com