यू-१९ एशिया कप क्रिकेटः नेपालले आज भारतको सामना गर्दै

यू-१९ एशिया कप क्रिकेटः नेपालले आज भारतको सामना गर्दै

काठमाडौं । युनाइटेड अरब इमिरेट्स यूएईमा जारी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ । दुबइको आइसीसी एकेडेमी ग्राउण्डमा यो खेल नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ ।

तीन खेल हुने समूह चरणमा नेपालले यस अघि खेलेका दुई खेलमा पराजय व्यहोरेको छ । उद्घाटन खेलमा पाकिस्तानसंग पराजित भएको नेपालले दोस्रो खेलमा अफगानिस्तानसंग हार व्यहोरेको थियो ।

दुई समूहमा विभाजन गरेर खेलाइएको समूह चरणबाट दुबै समूहका शीर्ष दुई टोली मात्र सेमिफाइनल चरणमा प्रवेश गर्ने भएकोले नेपाल रहेको समूह ए बाट दुई खेल जितिसकेको पाकिस्तानको अर्को चरणमा पुग्ने संभावना निकै बलियो छ ।

एक खेल जितेको भारत आज नेपालसंग खेल्दैछ भने एक खेल नै जितेको अफगानिस्तान पाकिस्तानसंग भिड्दैछ । दुई खेल हारिसकेको नेपालले आज भारतलाई ठूलो अन्तरमा पराजित गरेमा र पाकिस्तानसंग अफगानिस्तान पनि ठूलै अन्तरले पराजित भएमा मात्र नेपालको सेमिफाइनल चरणमा पुग्ने संभावना कायम रहन्छ ।

दक्षिण अफ्रिकामा अर्को वर्ष आयोजना हुने यू-१९ विश्वकप क्रिकेटको तयारी स्वरुप एशिया कपको आयोजना गरिएको हो । नेपाल विश्वकप खेल्न छनोट भइसकेकोले एशिया कपको यो परिणामले सो यात्रालाई भने प्रभावित गर्ने छैन । तर एशिया कपको प्रदर्शनले नेपालको युवा टोलीको मूल्याङ्कन भने हुनेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com