अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी

लन्डन । घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । इतिहाद रंगशालामा गएराति सम्पन्न खेल , क्रिस्टल प्यालेससँग सिटी २–२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २४ औं मिनेटमा नै ज्याक ग्रिलिसले गोल गरेर सिटीलाई सुरुवाती अग्रता दिलाए । यससँगै पहिलो हाफमा सिटी एक गोलले अघि थियो । दोस्रो हाफको ५४ औं मिनेटमा लिको रेविसले गोल गरेपछि भने क्रिस्टल दुई गोलले पछि पर्‍यो । तर ६७ औं मिनेटमा क्रिस्टलले गल्ती गरेन । जिन फिलिपले गोल गरेर खेललाई २–१ मा ल्याए ।

स्टपेज समयमा क्रिस्टलले पेनाल्टी पायो । ९५ औँ मिनेटमा पेनाल्टीबाट बराबरी भएपछि सिटीले खेलमा फर्किने अवसर नै पाएन । यो बराबरीसँगै सिटीले दोस्रो स्थानको आर्सनलसँग बराबरी गर्ने अवसर गुमाएको छ । चौथो स्थानको सिटीको ३४ अंक छ । त्यसैगरी क्रिस्टल भने १७ अंकसाथ १५ औं स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा भने चेल्सीले सेफिल्ड युनाइटेलाई २–०ले हराएको छ । चेल्सीका लागि कोल पाल्मरले ५४ र निकोलस ज्याक्सनले ६१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै चेल्सी १० औं स्थानमा उक्लिएकाने छ । पराजित सेफिल्ड अंक तालिकाको पुछारमा छ । गएराति न्युकासलले १० खेलाडीमा समेटिएको फुलहामलाई ३–० ले हराएको छ। त्यसैगरी एभर्टनसँग बर्नली २–० ले पराजित भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com