
काठमाडौं । आगामी फागुनमा उपत्यकाव्यापी अन्तरविद्यालय एनएसएस कप बास्केटबल र फुटबल प्रतियोगिता हुने भएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसको बारेमा जानकारी गराइएको हो । नेशनल स्कुल अफ साइन्सेजले आफ्नो स्थापनाको ३० वर्ष पूरा भएको उपलक्ष्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
फुटबल सेभेन ए साइड र बास्केटबल फिबाको नियमअनुसार खेलाइने आयोजकले बताएको छ । विजयी विद्यालय टिमलाई शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।