भलिबलकी अरुणा शाहीलाई वर्ष महिला खेलाडी अवार्ड

भलिबलकी अरुणा शाहीलाई वर्ष महिला खेलाडी अवार्ड

काठमाडौं । भलिबलकी अरुणा शाहीलाई ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको छ  ।  नेपाल खेलकुद पत्रकार मञ्चले उक्त अवार्डबाट शाहीलाई सम्मानित गरेको हो ।  वर्ष महिला खेलाडीको मनोनयनमा शाहीसँगै क्रिकेटका सीता राना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।

उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई

फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । सो विधामा फुटबलका डाँगीसँगै बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका थिए । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com