
राधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह छिनोफानोका लागि भएको प्रतिष्पर्धामा त्रिभुवन आर्मी क्क्लवले अर्को विभागीय टोली एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा पराजित भएपनि एपिएफ उपविजेता बनेको बन्दै सेमिफाइनलमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा आर्मीले पहिलो सेट २५–२० ले बाजी मारेको थियो । दोस्रो र तेस्रो सेट भने आर्मीले एपिएफलाई १९–२५ र १३–२५ को सेटमा नतिजा सुम्पियो ।
त्यसपछि दबाबमा परे पनि सम्हालिएको प्रदर्शन गरेको आर्मीले चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । निर्णायक तथा पाँचौं सेटमा आर्मीले शुरुवातबाट नै नाटकीय एकपक्षीय प्रदर्शन गर्न सफल भयो । सोही क्रममा आर्मीले १५–५ को जित निकाल्न सफल भयो ।
यस नतिजासँगै महिलातर्फको प्रतिष्पर्धामा पनि सेमिफाइनल समिरकण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले साविक विजेता न्यु डायमण्ड युथ स्पोट्र्स क्लवसँग तथा उपविजेता एपएिफले समूह ‘ए’ को विजेता पुलिससँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछन् । दुवै सेमिफाइनल शनिवार हुनेछन् ।
त्यस्तै पुरुषतर्फ विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव राधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
दिनका पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई र एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै शुक्रवार नै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लवले दावाँली मिलिन क्लवलमाथि जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।
आर्मीले अन्तिम चारमा स्थान बनाउने क्रममा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पाखा लगाएको हो । सुखद् नतिजा निकाल्ने क्रममा आर्मीले पहिलो सेट गण्डकीमाथि २५–२२ को अग्रता लिएको थियो ।
दोस्रो सेटमा भने सुधारिएको खेल देखाएको गण्डकीले २५–२१ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याएपनि तेस्रो सेटमा २५–१० निरिह बन्यो । चौथो सेटमा पुनरागमन गर्न निकै संघर्ष गरेको गण्डकीले २६–२४ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरियो । पुरुषतर्फकै अर्को खेलमा अर्को विभागीय टोली एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो ।
एपिएफले केशवलालमाथि २५–१४, २५–१९ र २५–२० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस्तै अर्को खेलमा पुलिसले दावाँली मिलन क्लवलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले दावाँलीलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
शुक्रवारकै अर्को खेलमा गण्डकी प्रदेशले कृष्ण सेकेण्डरी एकेडेमी काभ्रेलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ मा तेस्रो भएको छ । यससँगै गण्डकी प्रदेश एनभिए क्लव लिगका लागि छनोट भएको छ । एकतर्फी भएको खेलमा गण्डकीले कृष्ण सेकेण्डरीमाथि २५–८, २५–१० र २५–५ को सहज जित निकालेको हो ।