विश्वकप फुटबल : क्यामरुन र सर्बियाको बराबरी

विश्वकप फुटबल : क्यामरुन र सर्बियाको बराबरी

काठमाडौं । जारी विश्वकप फुटबलमा समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् ।

दुवै टोलीले अंक बाडेको खेल ३–३ को बराबरीमा सकिएको थियो । अल जनौब रंगशालामा भएको खेलमा २९ औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले क्यामरुनलाई सुरुआती अग्रता दिलाएका थिए ।

इन्ज्युरी समयमा सर्बियाले बराबरी गोल फर्कायो । कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे ।

इन्ज्युरी समयमा नै सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै सबिैयालाई अग्रता दिलाए । ५३ औं मिनेटमा सर्बियाले अग्रता दोब्बर पार्यो । एलेक्जेन्डर मित्रोभिचले गोल गरेका थिए ।

५३ औं मिनेटमा नै अबुबकारले क्यामरुनका लागि गोल गरे । ५५ औं मिनेटमा चुपो मोटीङले क्यामरुनका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

सर्बिया र क्यामरुनले बराबरीका साथ १-१ अंक बाँड्दै खाता खोलेका छन् । क्यामरुन र सबिर्या क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com