विश्वकप लिग-२ : आज नामिबिया र स्कटल्यान्ड भिड्दै

विश्वकप लिग-२ : आज नामिबिया र स्कटल्यान्ड भिड्दै

काठमाडौँ । एक दिवसीय विश्वकपको छनोटको आधारका रूपमा रहेको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा सोमबार स्कटल्याण्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। आज बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा हुने खेलमा नामिबिया अन्तिम खेलमा जितको प्रतीक्षामा रहेको छ।

नामिबिया सिरिजको अन्तिम खेलमा जितको लक्ष्यमा रहेको छ। जारी सिरिजमा नामिबिया घरेलु टोली नेपालसँग दुवै खेलमा पराजित भएको छ भने अर्को एक खेलमा स्कटल्यान्डसँग पनि हारेकाले उसका लागि सिरिजमा सान्त्वना जितका लागि पनि स्कटल्यान्डलाई हराउनु पर्ने चुनौती रहेको छ।

स्कटल्यान्डको भने सिरिजमा यो तेस्रो खेल हो। नेपालसँग पराजित भएको स्कटल्यान्डले नामिबियालाई हराएको छ। नामिबियालाई हराएर च्याम्पियन बनिसकेको स्कटल्यान्ड आफ्नो बलियो छवि कायम राख्ने लक्ष्यमा हुने छ।

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला पाँच एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा चार खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ। सात टोली सहभागी विश्वकप लिगस् २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ। नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com