विश्वकप लिग-२ : पीएनजीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

विश्वकप लिग-२ : पीएनजीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्ने भएको छ ।

टीयू मैदानमा टस हारेपछि नेपाली टोलीले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भुर्तेल आज प्लेइङ सेटमा छन् । यूएईबाटै ओडीआईमा डेब्यु गरेका प्रतिश जिसी भने बेन्चमा रहने छन् ।

यसअघि भएका दुई शृङ्खलामा नेपालले लगातार पीएनजीलाई पराजित गरेको थियो । नेपाल यो शृङ्खलाका सबै चार खेल जित्ने लक्ष्य राखेको छ । यसअघि टियू मैदानमा शृङ्खला क्लिन स्वीप गरेको नेपाली टोली यस पटक पनि दोहोर्‍याउन चाहन्छ ।

यो शृङ्खलाका चार खेल जिते नेपालले शीर्ष तीनमा रहेर वर्ड कप क्वालिफायर खेल्न पाउने छ । शृङ्खलामा नेपालले पीएनजी र यूएईसँग दुई/दुई खेल खेल्नेछ ।

फ्लेइङ ११

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, भिम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com