भारत र अस्ट्रेलियाबीच विश्वकप उपाधि भिड्न्त

भारत र अस्ट्रेलियाबीच विश्वकप उपाधि भिड्न्त

काठमाडौँ। भारत र अस्ट्रेलियाबीच क्रिकेट एक दिवसीय विश्वकप उपाधि भिडन्त हुने भएको छ । दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया फाइनल पुगेपछि भारतसँग उपाधि भिड्न्त पक्का भएको हो । यसअघि नै भारतले सेमिफाइनलमा न्यूजिल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनल खेल अहमदावादमा आइतबार हुनेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई भारतले ७० रनले पराजित गरेर फाइनल पुगेको हो । बिहीबार भएको सेमिफाइनलमा अस्ट्रेलियाले २ सय १३ रनको लक्ष्य ४७.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका ट्राभिस हेडले ६२, स्टिभन स्मिथले ३०, डेभिड वार्नरले २९, जोस इङ्लिसले २८ रन जोडे। आठौं विकेटका लागि २२ रनको साझेदारी गरेका मिचेल स्टार्क १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे । त्यसअघि दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com