नेटाको सेडान गाडीमा हजार किलोमिटर रेन्ज

नेटाको सेडान गाडीमा हजार किलोमिटर रेन्ज

कन्टेम्पोरेरी एम्पेरेक्स टेक्लोलोजी कम्पनी लिमिटेड (सीएटीएल)को ‘स्केड बोर्ड प्लेटफर्म’मा तयार पारेको नयाँ टेक्नोलोजीको ब्याट्रीमा नेटाले सेडान कार ल्याउने भएको छ । नयाँ कारले सिंगल चार्जमा एक हजार किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएकाे छ ।

विश्वकै सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले आफ्नै नयाँ स्केट बोर्ड प्लेटफर्मको परिक्षण पूरा भएको घोषणा गर्दै २०२४ भित्रै उक्त ब्याट्रीको प्रयोग नेटाकाे कारमा हुने घोषणा गरेको हो ।

‘हाम्रो उत्पादनले सिंगल चार्जमा एक हजार किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसले हरेक १०० किलोमिटर यात्रामा १०.५ किलोवाट आवर मात्रै इनर्जी खपत गर्छ । साथै, चार्जिङ पनि निकै तीब्र गतिमा हुन्छ । जम्मा ५ मिनेटको चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ’, नयाँ ब्याट्रीकाे बारेमा कम्पनीले सार्वजनिक गरेकाे बक्तव्यमा भनिएकाे छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com