तथ्य बुझेर समाचार सम्प्रेषण गर्न दूरसञ्चार प्राधिकरणको अनुरोध

तथ्य बुझेर समाचार सम्प्रेषण गर्न दूरसञ्चार प्राधिकरणको अनुरोध

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सत्य, तथ्यमा आधारित भइ समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । प्रवक्ता सन्तोष पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणबाट सञ्चालनमा ल्याइएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणालीसँग सम्बन्धित ‘दूरसञ्चार प्राधिकरणमा अर्को अनियमितताः पूर्वसचिवकै हस्ताक्षर कीर्ते गरेर एमडिएमएसको ठेक्का शीर्षक राखेर विभिन्न सञ्चारमाध्यममा आएको समाचार तथ्यहिन भएकाले प्राधिकरणको ध्यान आकृष्ट भएको छ ।’

मोबाइल उपकरणहरुको आयात, प्रयोग तथा बिक्री वितरणलाई थप व्यवस्थि तगर्न, हराएका तथा चोरी भएका मोबाइल सेटहरुको ट्रयाक तथा ब्लक गर्न तथा प्रमाणिक मोबाइल सेटहरु पहिचान गर्न मोबाइल एमडिएमएस प्रणाली प्राधिकरणले सञ्चालनमा ल्याएको छ ।

उक्त प्रणाली खरिद खरिद छनोटको क्रममा परेको उजुरी सम्बन्धमा खरिदविज्ञ सुरेश प्रधानलाई २०७६ बैशाख १७ गते नियुक्त गरिएको र उनको इमेलमार्फत् प्राप्त राय र सुझाव भएको र सो वापत उनलाई करबाहेक ४० हजार उनको एभरेस्ट बैंक लिमिटेड नयाँ बानेश्वर शाखामार्फत् भुक्तानी भएको प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com