
कुन वेबसाइट कति लोकप्रिय छ भनेर ट्रयाक गर्ने अमेजनको एलेक्सा इन्टरनेटको नाम बाट परिचित सेवा alexa.com अब बन्द हुने भएको छ.
एलेक्सा डट कमले वेबसाइट र्याङ्किङ (Website Ranking) र SEO कुनैपनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन टूल्सहरु प्रदान गर्दै आएको थियो, मे १ २०२२ बाट वेबसाइटहरूको तथ्याङ्क र तिनीहरूको र्याङ्किङहरू उपलब्ध गराउन बन्द गर्नेछ।
नेपालमा पनि यो साइटलाइ आफ्नो साइटको र्यांक हेर्ने महत्वपूर्ण वेबसाइटका रुपमा प्रयोग गरिन्थ्यो ।
कम्पनीले आफ्नो अकाउन्टको डाटाहरु बन्दहुनु अघिनै निकाल्न भनेको छ । येदि तपाइ एलेक्साको प्रयोगकर्ता हुनुहुन्थ्यो भने आफ्नो डाटाहरु मे १ अघि नै सुरक्षित गरिसक्नु पर्नेछ।
एलेक्सा २०२२ मे १ तारिखबाट पूर्णरूपमा बन्द हुनेछ । अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
कम्पनिले किन सेवा बन्द गरिएको हो भन्ने बारे कुनै जानकारी दिएको छैन।