प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट ह्याक, अनुसन्धान गर्न प्रहरीलाई पत्र

प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट ह्याक, अनुसन्धान गर्न प्रहरीलाई पत्र
Ratna shrestha_KTM_RSS

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रूपमा आग्रह गरेको छ ।

शुक्रबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयले पत्र लेखेको हो । जहाँ ‘उक्त घटना के कसरी हुन गएको र अब उप्रान्त त्यस्ता कार्यहरू हुन नदिन अपनाउनुपर्ने सावधानी र उपाय सहितको विस्तृत अध्ययन प्रतिवेदन पेस गर्न’ भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार ट्वीटर एकाउण्ट ‘पिएमओ नेपालमा अनाधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु’ भएको थियो ।

तर, बिहीबार नै ह्याक भएको उक्त ट्वीटर एकाउन्ट पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरू बताउँछन् । टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत अनधिकृत प्रवेश भएकाले त्यसबारे विस्तृत छानबिन गर्नका लागि प्रहरी प्रधान कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com