सामसङको नाफा ५३ प्रतिशतले बढ्ने अनुमान

सामसङको नाफा ५३ प्रतिशतले बढ्ने अनुमान
Samsung global

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले सन् २०२१ को चैमासिकमा आफ्नो आम्दानी ५३ प्रतिशतले बढ्ने अनुमान गरेको छ । विश्वको सबैभन्दा ठूलो स्मार्टफाेन र मेमोरी चिप निमार्ता रहेकाे सामसङले यो चौमासिकको अन्त्यसम्म आफ्नो नाफा ११ अर्ब डलर हुने अनुमान गरेको हो ।

हाल विश्व बजारमा चिपको अभाव सिर्जना भइरहेको छ । यस्तो अवस्थामा सामसङ आफैंले पनि बजारको मागअनुसार चिप उत्पादन गर्न सकिरहेको छैन ।

तर, गत वर्षदेखि डिजिटल उपकरणकाे मागमा आएको उल्लेख्य वृद्धिले कम्पनीको आम्दानी जुलाई महिनाको अन्त्यसम्म ठूलो मात्राले बढ्ने जनाइएको छ ।

कम्पनीका अनुसार कोरोनको पहिलो लहरसँगै माेबाइल र टिभीको बिक्रीमा उल्लेख्य वृद्धि भएको छ । जसले गर्दा कम्पनीको चौमासिक नाफा २०१८ पछि याे स्तरमा वृद्धि हुने प्रक्षेपण गरिएकाे हाे ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com