आफूखुसी इन्टरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

आफूखुसी इन्टरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क आफूखुसी नबढाउन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। केही इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महशुलदर आफू खुसी बढाएका छन्। प्राधिकरणले भने महसुल बढाउने गरी कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

इन्टरनेट सेवा प्रदायकहरूले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्करमहशुलदर बढाउनु दूरसञ्चार ऐन,२०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन,२०६३ विपरीत हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘प्राधिकरणबाट कुनै पनि इन्टरनेट सेवा प्रदायकले स्वीकृत शुल्करमहशुलदरभन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्करमहशुलदर भन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको र शुल्करमहशुलदर बढाउन इन्टरनेट सेवा प्रदायकहरूलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पष्ट हुन सम्बन्धितलाई जानकारी गराइन्छ।

साथै कुनै उपभोक्ताहरूलाई स्वीकृत महशुलदरभन्दा बढी शुल्करमहशुलदर लिने गरी बिलरबिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराइ दिनु हुन समेत अनुरोध गरिन्छ ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com