रवि लामिछानेका चालकको अन्त्येष्टि आज गरिँदै

रवि लामिछानेका चालकको अन्त्येष्टि आज गरिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैछ । लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसे पछि हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको झन्डै डेढ महिना देखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com