क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु

 क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु

एजेन्सी । इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको ज्यान गएको छ ।

कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र सार्ने विषयमा विवाद भएपछि घटना भएको सुरक्षा अधिकारीलाई उद्धृत गरी अलजजिराले जनाएको छ । इक्वेडरमा बर्सेनि यस्ता घटना हुने गरेका छन् ।

गएको वर्ष विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीले ज्यान गुमाएका थिए । कारागारमा रहेका कैदीबन्दीको सुरक्षा निक्कै चुनौतीपूर्ण विषय बन्दै गएको सरकारी प्रतिवेदनमा समेत औँल्याइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com