
एजेन्सी । युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।
अरू १५ जना घाइते भएका छन् । राजधानी किभको बाहिरी भेगमा रहेको शिशु पाठशाला नजिक हेलिकोप्टर दुर्घटना हुँदा ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा परेर आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रास्केसहित मन्त्रालयका उच्च अधिकारीको पनि मृत्यु भएको खबरमा उल्लेख छ ।