क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु

क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु भएको छ ।

आँधी पछि आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ भने सयौं घर भत्केका छन् । आँधी र बाढीका कारण हजारौं घरबारबिहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक नर्थवेस्टमा आँधीले ठूलो विनाश निम्त्याउन सक्ने अनुमान गरिएको छ ।

क्यालिफोर्नियाको सलिनास नदीमा पानीको सतह खतरनाक तहमा पुगेको छ जसका कारण २४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । क्यालिफोर्नियामा नै गत साता २ लाख बढी घर र व्यवसायीले बिजुली कटौतीको सामना गरेका थिए जुन हालसम्म पनि जारी छ ।

आँधी र बाढीले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । क्यालिफोर्नियाको मोन्टेरी काउन्टीमा, किसानले आफ्नो खेत जोगाउन बाँध बनाउन थालेका छन् । सरकारले किसानलाई उपेक्षा गरेको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।

क्यालिफोर्निया सरकारले भने प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com