सशस्त्र समूहद्वारा कंगोमा २७ जना सर्वसाधारणको हत्या

सशस्त्र समूहद्वारा कंगोमा २७ जना सर्वसाधारणको हत्या

काठमाडौं । सशस्त्र समूहले कंगोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ । कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो ।

सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक घाइते बनाएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार यस हप्ता यहाँको इतुरी प्रान्त र अर्को डिजुगु प्रान्तमा हिंसा फैलिएको छ । यहाँको विद्रोही समूह सोडेकोले पछिल्ला केही दिनयता हत्या हिंसाको शृङ्खला बढाएको कङ्गोमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले जानकारी दिएको छ ।

कङ्गोमा संयुक्त राष्ट्रसङ्घका शान्ति सेना रहेका छन् । शान्ति मिसनमा रहेका शान्ति सेनामाथि पनि यहाँको सोडेको समूहका हतियारधारीहरुले हमला गर्ने गरेका छन् । सो हमलामा परेर यहाँ कार्यरत शान्ति सैनिक पनि मारिने गरेका छन् ।

पछिल्लो समयमा शान्ति सेनाले यहाँका कतिपय हिंसाग्रस्त क्षेत्रमा तैनाथ पनि बढाएको छ । यसक्रममा उनीहरुले यहाँका सर्वसाधारणलाई सुरक्षा दिने र उनीहरु विस्थापित हुनुपर्ने अवस्था आएमा त्यस्तो हुनबाट रोक्ने काम गरिरहेका बताइएको छ । (रासस र सिन्ह्वा)

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com