एजेन्सी । थाइल्याण्डको दक्षिणपूर्वी तटमा आज डुङ्गा डुब्दा कम्तीमा ३१ जना नौसैनिक बेपत्ता भएका छन् ।
एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेको हो ।
डुङ्गा दुर्घटनापछि उद्धार अभियान सुरु गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नौसेनाले सार्वजनिक गरेका तस्बिरहरूमा जहाजले छाल पार गर्ने क्रममा दुर्घटना भएको हो । नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले वेपत्ता सैनिकको खोजि भइरहेको बताउनुभयो ।