फिलिपिन्समा अज्ञात समूहको गोली प्रहारबाट ४ जनाको मृत्यु

फिलिपिन्समा अज्ञात समूहको गोली प्रहारबाट ४ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गरी ४ जना मानिसको हत्या गरेको छ ।

सोही घटनामा अर्का एक जना घाइते भएका हुन् । फिलिपिन्सको बासिलान प्रान्तको लमितान शहरमा अज्ञात बन्दुकधारीले मस्त निद्रामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो ।

विवाहको लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका मानिसहरुमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनास्थलबाट एक दर्जन राउण्ड गोली र एउटा एम–१६ असल्ट राइफल बरामद गरेको छ ।

गोली प्रहार गरे लगत्तै फरार रहेका बन्दुकधारी समूहको खोजी कार्य जारी रहेको जनाइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com