इण्डोनेशियामा ५.६ म्याग्नेच्युडको भूकम्प, ४६ जनाको मृत्यु

इण्डोनेशियामा ५.६ म्याग्नेच्युडको भूकम्प, ४६ जनाको मृत्यु

एजेन्सी । इन्डोनेशियामा ५।६ म्याग्नेच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको छ । १ मिनेटसम्म कम्पन भएको भूकम्पमा ७ सय बढी घाइते भएका छन् ।

इन्डोनेशियाको मुख्य टापु जाभाको सिआनजु शहरको १० किलोमिटर टाढा केन्द्रबिन्दु बनाई दिउँसोको समयमा गएको भूकम्पका कारण अधिकांश मानिस घर बाहिर निस्केका थिए ।

भूकम्पपछि दर्जनौ घर भत्कंदा भग्नावशेषमा थुप्रै नागरिक च्यापिएका छन् । सुरक्षाकर्मी भूकम्प पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारेका छन् ।

साथै इन्डोनेशिया सरकारले पीडितलाई उचित राहतको व्यवस्था गर्ने जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com