अमेरिकी गायिका मारिया प्रेस्लेको ५४ वर्षको उमेरमा निधन

अमेरिकी गायिका मारिया प्रेस्लेको ५४ वर्षको उमेरमा निधन

एजेन्सी। अमेरिकी चर्चित गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ। ५४ वर्षीया लिसाको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उनलाई हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो। लिसाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो। लिसा चर्चित अमेरिकी अभिनेता, गायक एवं संगीतकार एल्भिस प्रेस्ले र अभिनेत्री प्रिसिला प्रेस्लीको छोरी हुन्।

आमाबुवाको सम्बन्धविच्छेदपछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्दै आएकी थिइन्। उनको बावुको सन् १९७७ मा निधन भएको थियो। लिसाले चार पटक विवाह गरेकी थिइन्। उनले सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत चर्चित गीत गायिका थिइन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com