टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ । जसका कारण ३ जनाको मृत्यु भएको छ । ६ दशमलब ४ म्याग्निच्युटको भूकम्पबाट ६ सय ८० भन्दा बढी घाइते भएका छन् ।

टर्कीको दक्षिणी क्षेत्र आन्तक्य, डेफ्ने र सामन्दगीमा बढी क्षति पुगेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले जानकारी दिनुभयो । प्रत्यक्षदर्शीका अनुसार प्रभावित क्षेत्रहरुमा थप क्षति भएको र मानिसहरु भग्नावशेषमा पुरिएका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

पटक पटकको परकम्पनपछि आएको भूकम्पका कारण टर्की र सिरिया क्षेत्रमा त्रास बढेको छ । आपतकालीन उद्दार र राहतका लागि आवश्यक तयारी गरिएको पनि सरकारी अधिकारीहले बताएका छन् ।

टर्कीमा गत फेब्रुअरी ६ यतामात्र साना ठूला गरी ६ हजार भन्दा बढी परकम्प भएको अधिकारीहरुले बताएका छन् । यसअघि गएका २ ठूला भूकम्पमा परी टर्की र सिरियामा गरी ४४ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com