
एजेन्सी । चीनको जनसङ्ख्या सन् १९६१ पछि पहिलो पटक घटेको छ ।
चीनको जनसङ्ख्या ६० वर्षमा पहिलो पटक घटेको र राष्ट्रिय जन्मदर रेकर्ड न्यून भएको बिबिसिले लेखेको छ । चीनमा प्रति एक हजार जनामा ६ दशमलब ७७ जन्मदर देखिएको छ ।
चीनको जन्मदर वर्षौदेखि घट्दै गइरहेको छ, जसले प्रवृतिलाई सुस्त पार्ने प्रयास गर्न धेरै नीतिहरूलाई प्रेरित गरेको छ ।
चीनले एक सन्तान नीति खारेज गरेको भएपनि जनसङ्ख्या बढेन सकेको छैन । चीनका उच्च अधिकारीले यसलाइ नकारात्मक जनसंख्या वृद्धिको युग भनेर टिप्पणी गरेका छन् ।
आज सार्वजनिक भएको तथ्याङकमा सन् २०२१ अर्थात गत बर्षको तुलनामा पनि यो बर्ष जन्मदर घटेको छ ।