एजेन्सी । चीनमा औषधिको अभाव हुन थालेको छ । गत हप्ता कोभिड–१९ विरुद्धको नीतिहरू खुकुलो गरेपछि औषधि भण्डारणमा समस्या भइरहेको बीबीसीले जनाएको छ ।
आइबुप्रोफेन, चिसोको औषधि र कोभिड परीक्षण गर्ने किटहरू अभाव हुन थालेको खबरमा उल्लेख छ ।
यस्तै कोभिडको घरेलु उपचारका लागि आवश्यक भिटामिन सी, कागती लगायतका सामान पनि अनलाइनमा उपलब्ध नभएको पाइएको छ ।