सुडानमा खाद्य संकट, ४० लाख मानिस कुपोषणको शिकार

सुडानमा खाद्य संकट, ४० लाख मानिस कुपोषणको शिकार

सुडानका ४० लाख बालबालिका कुपोषणको शिकार भएको तथ्यांक सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार सुडानका महिला र बालबालिका गरी करिब ४० लाखमा कुपोषण भएको हाे। सोही प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका ५ वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको जनाइएको छ ।

जसमध्ये ६ लाख ११ हजार बालबालिका चरम कुपोषणको मारमा परेका छन् । केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानले दशकौंदेखि आर्थिक समस्याहरु झेलिरहेको छ ।

खडेरी, आर्थिक मन्दी र खाद्य असुरक्षा आदिका कारण त्यहाँका लाखौं नागरिक विस्थापित भइसकेका छन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com