अफ्रिकी मुलुक बुर्किना फासोमा जनवरीमा मात्रै ५० जना महिलाको अपहरण

अफ्रिकी मुलुक बुर्किना फासोमा जनवरीमा  मात्रै ५० जना महिलाको अपहरण

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोमा यहि जनवरीमा ५० जना महिला अपहरणमा परेका छन् ।

जनवरी १२ र १३ मा उत्तरी प्रान्त साउमबाट ५० महिला अपहरणमा परेको त्यहाँको सरकारले पुष्टी गरेको हाे । सोही प्रान्तका ग्रामीण क्षेत्रका खेतमा कार्यरत महिलाहरुलाई बन्दुकधारी समूहले अपहरण गरेको र उनीहरुको अवस्था अज्ञात रहेको जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघका मानवअधिकार प्रमुख भोल्कर टर्कले ति महिलाहरुको रिहाइ गर्न माग गर्नुभएको छ । साथै उहाँले यस घटनामा संलग्न समूहलाई कारबाही गर्न आग्रह पनि गर्नुभएको छ ।

विश्वकै सबै भन्दा गरीब देश बुर्किना फासोमा सन् २०१५ देखि सक्रिय रहेको आतंकवादी समूह अलकायदाको पकड रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com