बाइडेन र सीको भेटमा अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जोड

बाइडेन र सीको भेटमा अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जोड
SAUL LOEB

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएको छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डोनेसियाको बालीमा आज सोमवार बाइडेन र सीबीच भेट भएको हो ।

भेटमा बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले ताइवानका विषयमा अमेरिका र चीनले आफ्ना धारणा तय गर्ने बताउनुभएको छ । यस्तै भेटमा सीले दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताउनुभएको छ ।

उहाँले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका र मानिसले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राख्नुभएको छ ।

जी(२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न सबै देशको दिमागमा रहेको पनि बताउनुभयो । भोलि मङ्गलवार सुरु हुने जी–२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेसियामा छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com