इजरायली राष्ट्रपतिद्वारा सरकार गठन गर्न नेता न्याहुलाई अनुमति

इजरायली राष्ट्रपतिद्वारा सरकार गठन गर्न नेता न्याहुलाई अनुमति

काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बेन्जामिन नेता न्याहुलाई नयाँ सरकार गठन गर्न अनुमति दिनुभएको छ ।

यहि नोभेम्बर १ मा भएको निर्वाचनपछि राष्ट्रपति हर्जोगले यस्तो निर्देशन दिनुभएको हो । गत वर्ष सत्ता च्यूत हुनुअघिसम्म इजरायलको सबै भन्दा लामो समय प्रधानमन्त्री रहनुभएका नेता न्याहुले अब नयाँ सरकार गठन गर्नुहुने भएको छ ।

राष्ट्रपति हर्जोगले भ्रष्टाचारको आरोपमा उदारवादी नेता न्याहुमाथि चलिरहेको मुद्दाको विषयमा पनि चर्चा गर्नुभएको छ । उहाँले सोही मुद्दा अनुसन्धानकै क्रममा रहेको जानकारी समेत दिनुभयो । नेता न्याहुले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

राष्ट्रपतिको अनुमतिसँगै नेता न्याहुले इजरायलमा नयाँ सरकार गठनको तयारी थाल्नु भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com