चीनमा ली छ्याङ प्रधानमन्त्रीमा नियुक्त

चीनमा ली छ्याङ प्रधानमन्त्रीमा नियुक्त

बेइजिङ । ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । १४औँ राष्ट्रिय जनकाँग्रेसको पहिलो अधिवेशनले ली छ्याङलाई प्रधानमन्त्रीमा चयन गरेको थियो । त्यसपछि राष्ट्रपति सी जिन पिङले उनलाई प्रधानमन्त्रीमा मनोनयन गर्ने निर्णयमा शनिबार बिहान हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति सी जिन पिङका विश्वासपात्र ली छ्याङ चीनको सांघाई पार्टीका सचिव हुन् । उनले पूर्व प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेका छन् । जुलाई १९५९ मा जन्मिएका ली अप्रिल १९८३ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)मा सङ्गठित भएका थिए । एमबिएसम्म अध्ययन गरेका छन् ।

उनी चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोको स्थायी समिति सदस्य र राज्य परिषद्को सचिवसमेत हुन् । यसअघि नै तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा सी जिन पिङ निर्वाचित भइसकेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com